
नेपालगन्ज : बङ्गलादेशमा आयोजना हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय पुरुष कबड्डि प्रतियोगिता खेल्न जाने नेपाली रास्ट्रीय पुरुष कबड्डि टिमको एक कार्य्क्रम बिच बिदाइ गरियको छ।
बङ्गबन्धु अन्तर्राष्ट्रिय पुरुष कबड्डि प्रतियोगिता खेल्न जाने नेपाली रास्ट्रीय पुरुष कबड्डि टिमलाइ एक औपचारिक कार्यक्रम बिच राखेप सदस्य सचिब टन्कलाल घिसिङ्गले बिदाइ गरेका छन। मे २६ देखि जुन ३ सम्म हुने प्रतियोगितामा सहभागी हुने १२ खेलाडी ४ टिम अफिसियल सहित १६ जनालाइ बिदाइ गरियको हो। बिदाइ कार्यक्रममा सदस्य सचिब घिसिङ्गले नेपालको रास्ट्रीय झण्डा टिम कप्तान घनश्याम रोका मगर र टिम प्रशिक्षक बिष्णु दत्त भट्टलाइ हस्तान्तरण गरेका थिय। जितको शुभकामना दिदै सदस्य सचिब घिसिङले कबड्डिको सफलता पछिल्ला बर्षमा उच्छ रहेको र यस्लाइ अझै अगाडि बढाउन सबै लाग्नुपर्ने र आफू सक्दो सहयोग गर्न तयार रहेको बताय।

नेपाली टिम
घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरार खान, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा ।
विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियल
नेपाली रास्ट्रीय टिमका नबनियुक्त्त कप्तान घनश्याम रोकामगर भर्खरै भारतमा सम्पन्न प्रो कबड्डि लिग उपबिजेता हरियाना स्टीलर्सका खेलाडी हुन।
रास्ट्रीय प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने घनश्याम रास्ट्रीय टिमको नेतृत्व गरिरहदा लुम्बिनी प्रदेश कबड्डि संघले खुसी व्यक्त गरेको छ । प्रदेश कबड्डि संघका उपाध्यक्ष अन्तर्राष्ट्रिय खेलाडी महेन्द्र सुनार यो धेरै ठूलो खुसी र उपलब्धी भयको बताउछन।
लुम्बिनी प्रदेशको रोल्पा जिल्ला स्थायी घर भयका रोकाको सफलतामा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य हरिस ओलि हर्षित हुँदै भन्छन कबड्डिको ब्यबस्थापकिय नेतृत्व मात्र होइन अब खेलमैदान र खेलाडिको नेतृत्वपनि लुम्बिनीले गर्ने अवसर आयको छ।
बिदाइ कार्यक्रममा अखिल नेपाल कबड्डि संघका महासचिव अर्बिन्द झा, सचिब तर्कराज भट्ट , कबड्डि मुख्य प्रशिक्षक पार्बती राई , कबड्डी खेलाडी ,शुभचिन्तकको उपस्थिति थियो ।
