सन्दिपले खेल्ने भय एसिया कप; आज जाँदै पाकिस्तान

मुख्य खबर

एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान जाने भएका छन् ।

सन्दीप आज बिहान ११ बजे पाकिस्तान उड्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।

एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *