बङ्गबन्धु कबड्डिमा नेपालको बिजयी सुरुवात

मुख्य खबर

नेपालगन्ज : बङ्गलादेशमा जारी चौथो बङ्गबन्धु अन्तर्राष्ट्रिय पुरुष कबड्डि प्रतियोगितामा नेपालले बिजयी सुरुवात गरेको छ।

म्यान अफ द म्याच कप्तान घन्श्याम रोका मगरको उत्कृष्ट प्रदर्शनमा नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६७-३० को विशाल अन्तरले पराजित गरेको छ । खेल को म्यान अफ दि म्याच नेपाल का कप्तान घन्श्याम रोका मगर ले बाङ्ग्ला टाका 15 हजार सहित ट्रफी प्राप्त गरेका छन।
आफ्नो दोस्रो खेल मगलबार नेपाली समय अनुसार १७ : १५ बजे पोल्यान्डसङ्ग खेल्ने नेपाली रास्ट्रीय टिमका प्रशिक्षक बिष्णुदत्त भट्टले बतायका छन ।

नेपाल सहित १२ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह `ए´ मा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *