निर्माणाधीन सडक अलपत्र पारिएको भन्दै खजुराका युवाहरुद्वारा सडक अवरुद्ध

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा निर्माणाधीन सडक अलपत्र पारिएको भन्दै खजुराका युवाहरुले शनिबार खजुरा-गुलरिया सडकखण्ड अवरुद्ध पारेका छन् । खजुरा गाउँपालिकाको पेडारी नाला देखी क्यान्सर अस्पतालसम्म खजुराका युवाहरुले एक घण्टा सडक अवरुद्ध पारेका थिए । खजुराका युवा नेता उत्सव सिजाली मगरका अनुसार ठेकेदार कम्पनी सम्पर्कमा आएर तीन बजे छलफल गर्ने सहमति पछि सडक अवरुद्ध खुलेको […]

Continue Reading

लुम्बिनी प्रदेश कबड्डी संघको अध्यक्षमा जनार्दन खत्री चयन !

नेपालगन्ज : लुम्बिनी प्रदेश कबड्डी संघको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् । दाङको भालुवाङमा सम्पन्न लुम्बिनी प्रदेश कबड्डी संघको प्रथम अधिवेशनले जनार्दन खत्री (जनक)लाई अध्यक्षमा चयन गरेको हो । साथै अधिवेशनबाट खत्रीको अध्यक्षतामा ९ सदस्यीय समिति पनि गठन भएको छ । उक्त संंघको उपाध्यक्षमा महेन्द्र सुनार र देबिका नेपाली घिमिरे र सचिबमा ठगै […]

Continue Reading

सहकारीहरुमा फसेको बचत फिर्ता गराइदिन मागसहित काठमाडौंमा विरोध प्रदर्शन !

काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले सहकारीहरुमा फसेको बचत फिर्ता गराइदिन मागसहित काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता पीडितहरुले सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा […]

Continue Reading

नेपालमा विद्युत खपतमा कमजोर नीति !

काठमाडौं । नेपालमा जलविद्युत उत्पादनले विस्तारै गति लिदैछ । सरकार र निजी क्षेत्र दुवैको लगानी बढ्दो छ । तर नेपालमै भएको ऊर्जाको उचित सदुपयोग भने हुन सकेको छैन । यस्तो अवस्थामा पनि सरकार र ऊर्जा उत्पादन गर्ने निजि क्षेत्र नेपालको ऊर्जालाई आन्तरिक खपत बढाउन भन्दापनि भारत र भुटानलाई बेच्नतर्फ बल गरिरहेका छन् । काठमाडौँको हायात होटलमा […]

Continue Reading

नेपालमा विद्युत उत्पादन लागत, निजी आयोजनाभन्दा सरकारी आयोजना दोब्बर महँगो !

काठमाडौँ । नेपालमा निजी क्षेत्रले भन्दा सरकार स्वयंले विद्युत उत्पादनका क्रममा दोब्बर बढी लागत लगाउने गरेको छ । यतिमात्रै होइन, सरकारी आयोजनाहरुमा पूर्वाधार निर्माण गर्न समेत लापरवाही हुने गरेको छ । सरकारले निर्माण गरेका आयोजनाको गुणस्तरमा समेत प्रश्न उठाउने प्रशस्तै ठाउँ छन् । महालेखा परिक्षकको ६०औँ प्रतिवेदले निजी क्षेत्रले बनाएका विद्युत् आयोजनाको तुलनामा नेपाल विद्युत् प्राधिकरणले […]

Continue Reading

मिटरव्याज पीडित गृहमन्त्रीविरुद्ध उत्रिए !

काठमाडौं । तराईका प्राय जिल्लाहरुमा मिटरब्याजले जनजीवन प्रभावित बनाउँदै लिएको छ । मिटरव्याजीले ऋण दिने र त्यसको ब्याज नै तिर्न नसक्ने गरि साँवा बाँकी राख्दै अन्तिममा सुकुम्बासी नै बनाउने प्रवृति बढेको देखिन्छ । यो क्रम बढ्दै जाँदा पछिल्लो समय मिटरव्याजपीडितहरु संगठित रुपमै आन्दोलनमा छन् । आन्दोलन जारी रहँदा समय समयमा प्रहरी र उनीहरुबीच झडप समेत हुने […]

Continue Reading

साढे ४ लाख ऋण, साढे ७ लाख तिरिसकिन्, अझै ३७ लाख बाँकी!

सर्लाहीकी रूक्मणी चौधरीले आठ वर्षअघि श्यामकृष्ण शाहसँग चार लाख ५० हजार रूपैयाँ ऋण लिएकी थिइन्। उक्त ऋण लिन उनले १२ लाखको कागजातमा ल्याप्चे लगाइन् र आफ्नो दुई कट्ठा जग्गाको लालपुर्जा धितो राखिन्। त्यसको एक वर्षमा रूक्मणीले ब्याजसहित सात लाख ५० हजार तिरिन्। यति तिरेपछि ऋण चुक्ता भयो भनेर ढुक्क बसेकी रूक्मणी त्यति बेला छाँगाबाट खसेझैं भइन्, जब उनका साहु श्यामकृष्ण अझै […]

Continue Reading

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरव्याज पीडितका समस्या बुझ्न सरकारले बनायो आयोग !

सरकारले मिटरव्याजपीडितका समस्या बुझ्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। यो आयोगमा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वनायब महान्याधीवक्ता गणेशबाबु अर्याल सदस्य छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिटरव्याज पीडितका समस्या बुझेर प्रतिवेदन दिन आयोगलाई ३ महिना समय दिइएको बताइन्। सोमबारको मन्त्रिपरिषद बैठकले आयोग गठन गरेको हो। आयोगले तोकिएको समयभित्र मिटरव्याज पीडितका […]

Continue Reading

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले थाल्याे पहल !

 मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा […]

Continue Reading

पदलै काठमाडाैँ पुगेर मधेशका मिटरब्याज पीडितहरूले आन्दोलन गर्ने !

सर्लाही । मधेश प्रदेशका मिटरव्याज पीडितहरुले काठमाडाैँसम्म पैदल यात्रापछि आन्दोलन गर्ने भएका छन् । आन्दोलन गर्न काठमाडाैँ हिँडेका मिटरब्याज पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन समेत गरेका छन् । मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार साँझ सर्लाहीको लालबन्दी आईपुगेको हो । लालबन्दी आइपुगेका मिटरब्याज पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार रौतहट तर्फ लाग्ने अभियानमा हिँडेकाे […]

Continue Reading