
आइसिसी महिला विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसिसामू ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बायोमास रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल तयार पारेको थियो ।

नेपालकी लागि सीता राना मगरले ५४ बलमा एक चौकाको मद्दतले अविजित ३८ रनको योगदान दिइन् । यसैगरी अप्सरी बेगमले १७ र कप्तान रुबिना क्षेत्रीले १२ रन बनाए ।
छैटौं विकेटका लागि सीता र अप्सरीले ५१ रनको साझेदारी गरे ।
मलेसियाका लागि अइना हसिमले दुई तथा माहिरा स्माइल अइस्या एलिसा फिरदौज ले र निक नुर अटिएलाले समान एक विकेट लिए ।
दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्नेछ लक्ष्यमा छन् ।
