स्थानीय तह निर्माण पछि फेरियको नरैनापुरको खेलकुद

मुख्य खबर

नरैनापुर गाउपालिका भौतिक बिकासको लहर सङ्गै खेलकुदमा समेत उत्साहपुर्ण फडको मार्न सफल भयको छ। स्थानीय सरकार बन्नु पुर्ब छिटफुट खेल गतिबिधी हुने र जिल्ला स्तरसम्म खेलाडीको पहुच नहुने गर्थे । खेल भनेको केहो र कसरी खेलिनु पर्छ भनेर धेरै कममात्र ज्ञान थियो। 

बिधालयस्तरीय रनिङ्ग शिल्डमा कहिकतै जयकिसान मा बि को उपस्थिती हुने गर्थ्यो। बिधालय स्तरका प्रतिभा सहभागिता बिनानै खुम्चिनुपर्ने अवस्था थियो। तत्कालीन बाके क्षेत्र न. २ अन्तर्गत जयकिसान माबिको मैदानमा २०७१-२०७२ तिर रास्ट्रपति रनिङ्ग शिल्डको छनौट आयोजना गर्ने जिम्मेवारी पाय सङ्गै नरैनापुरका खेलाडी प्रतिस्पर्धाको मैदान टेक्न सुरु गरिसकेका थिय । उक्त प्रतीयोगिता सम्पन्न गर्न हाल वडा न. ६ का वडाअध्यक्ष प्रेम चन्द्र मौर्य ( तत्कालीन जयकिसानको प्र अ) ले खेलेको भुमिका प्रशसनिय छ। उहाको अथक मेहनतले यौटा प्रतिभावान खेलाडी दियो अन्चल चौधरी । सम्भवत: उनी पहिलो जिल्ला भन्दा माथिल्लो स्तर खेल्ने खेलाडी हुन नरैनापुरबाट बिधालय स्तरको प्रतियोगितामा ।

खेलमा सम्भावना बोकेका प्रतिभा नभयको भने होइन तर उचित अवसर र प्रशिक्षण नभयको तथा जिल्ला सदरमुकाम सम्म सहज पहुच नहुदा प्रतिभा प्रस्फुटनको साटो खुम्चियर तथा हरायर गयका थिय।

२०७४ मा स्थानीय सरकार बनेपछी यहाँ खेल गतिबिधी सुरु भय र खेलाडी मैदान सम्म आउन थाले। फेरिपनि खेल सुरु गर्ने जिम्मेवारी अस्यो उनै प्रेम सर सङ्ग। “ब्यबस्थित मैदान छैन, खेल्नु पर्छ भन्ने भावना बनेको छैन, सिपयुक्त्त जनशक्ति छैन, अझ खेलाडी मैदान सम्म आउने वातावरण बनेको छैन भने बिधालय खेलाउनुपर्छ भनेर लालायित देखिन्न त अभिभावक के हुन्छ खेलेर र खेलबाट भन्ने प्रस्न सोध्छन” सुरुको अवस्था सम्झिदै मौर्य सर भन्छन तथापी सुरु त गर्ने पर्ने भो भनेर जोड गरे र सफल भय । गाउपालिका भवनको नजिकै आपको बगैचामुनि १००,२०० र ४×१०० दौड लङ्गजम्प र कबड्डि खेलायर सुरुवात भयको अध्यक्ष कप तथा रास्ट्रपति रनिङ शिल्ड छनौट खेल सम्झिन्छन मौर्य सर।

तेतिबेला ३  माबी ले सहभागिता जनाउने प्रतियोगितामा जयकिसान प्रथम र महेन्द्र माबी द्दितिय भयका थिय । पहिलो बाट पाठ सिकेर दोस्रो  अध्यक्ष कप भयो जयकिसान मा बि मा जहाँ ३ मा बि सहभागी भय आदर्श मा बि लक्षमनपुर सहित। उक्त्त क्रम बढदै गयो र माबी जमुनी थपिदा ४ माबी हुनपुगे। समयक्रमसङ्गै स्थानीय जनप्रतिनिधिको खेलप्रती लगाव बढ्यो र सुरु भयो माबी सङ्गै आधारभुत बिधालयको समेत सहभागिता। 

आज पाचौ छैठो सम्म आइपुग्दा ४ माबी जहाँ छात्रछात्रा दुबै टिम र १० आबि सहभागी हुन्छन । 

खेल महोत्सव भयको छ।खेल प्रतिस्पर्धा भयको छ। खेल सस्कार, व्यवहार, आत्मियता, पहिचान , प्रतिस्पर्धा र सामाजिकिकरणको माध्यम भयको छ नरैनापुरमा। अझ भनौ भने खेलस्थलमा उपस्थित बिधालय परिवार, जनप्रतिनिधि , खेलप्रेमी, गाउपालिकामा कार्यरत कर्मचारी तथा खेलसम्बद्द्को उपस्थिति यति लोभलाग्दो हुन्छ कि वास्तविक खेलकुदको बिकासमा नरैनापुर उर्लेको देखिन्छ।

अब चर्चा गरौ नरैनापुरको खेलक्षेत्रको उपलब्धी:

१)रास्ट्रपति रनिङ शिल्ड जिल्ला छनौटमा २०७४ देखि निरन्तर सहभागी

२) ३००० मिटर दौडमा अर्बिन्द यादव जिल्ला र प्रदेश प्रथम हुँदै रास्ट्रीय प्रतियोगितामा सहभागी

३) दुई छात्रछात्रा कबड्डि तर्फ प्रदेश प्रतियोगितामा सहभागी

४) जिल्ला स्तरिय छात्रा भलिबलमा सहभागी

५)कराते रास्ट्रीय निर्णायक नरहरीनाथ योगि 

६) पालिकामा खेल प्रशिक्षक नियुक्त 

नरैनापुर गाउपालिका बाकेमै दोस्रो पालिका हो जहाँ खेल प्रशिक्षक नियुक्त गरेर प्रशिक्षण  गराउदै आयको छ। 

यी त भय बिधालय खेलकुदका कुरा अब चर्चा गरौ स्थानिय स्तरबाट हुने अन्य खेल कार्यक्रमको। नरैनापुर बहुसंख्यक मधेशी र मुस्लिम बाहुल्य भयको क्षेत्र हो जहाँ मुख्य रुपमा क्रीकेट कबड्डि कुस्ती जस्ता खेल हुने गर्छन। कराते तेहाको अर्को मार्शल आर्टस खेल हो । भलिबल र फुटबल समेत हुने गर्छन पछिल्लो समय। नरैनापुरका युवा खेलप्रेमी बिनय दिक्षितको सक्रियतामा हरेक बर्ष क्रीकेट हुने गर्दछ जहाँ सिमावर्ती भारतिय टिम समेत आउने गर्छन।

नरैनापुर – ६ कोल्हा  नजिक हरेक बर्ष फुटबल हुने गर्छ भने मटेहिया क्षेत्रमा ५ km दौड हरेक बर्ष हुने गर्छ।

नरैनापुरको खेलमैदानको अवस्था :

बहुउद्देश्य रंगशाला निर्माणाधीन छ।उक्त रंगशालाले पुर्णता पाउँदा नरैनापुरको खेलकुदमा कोषेढुङ्गा साबित हुने बिस्वास खेलकुदका जानकार कराते रास्ट्रीय निर्णायक  नरहरी नाथ योगि बताउछन। कोल्हा फुटबल मैदानको बिकास गर्न जरुरी छ जस्ले फुटबल खेलाडी निर्माण र एथलेटिक्स  बिकासमा सहयोग गर्ने छ। उता लक्षमनपुर खेलमैदानको स्तरउन्नती गर्न र तारबार गर्न आवश्यक छ जस्ले वडा न. १-२-३ सम्मका खेलाडिको सहज उपस्थिती राख्ने अवस्था बन्छ र खेल बिकास गर्न टेवा पुग्छ। कम्तिमा पनि माध्यामिक बिधालयमा एक खेलमैदान आवस्यक छ। 

यदि उपयुक्त खेलमैदान र खेलाडी सहज उपस्थित हुने हो भने धेरै खेलाडी उत्पादन गर्न सकिने खेल प्रशिक्षक हरि पान्डे बताउछ्न। 

अबको आवस्यकता :

१) एक बिधालय एक खेलशिक्षक ब्यबस्था

२) खेल शिक्षकको स्तरउन्नती गराउन प्रशिक्षण 

३) खेलाडी नियमित प्रशिक्षणको ब्यबस्था

४) खेल मैदान र घर सम्म खेलाडिको सुरक्षा

५) खेल प्राबिधिक उत्पादन 

६) बजेटमा खेलकुदको महत्त्वपुर्ण स्थान

हाल के छ बजेट खेलकुदमा:

नरैनापुर गाउपालिकाले अध्यक्ष कप रनिङ शिल्ड छनौट खेल सन्चालन गर्न ७ लाख छुट्याइएको छ भने १ लाख आधारभुत तथ अतिरिक्त क्रीयाकलाप सन्चालन गर्न छुट्याइएको छ। उता स्थानीय प्रतियोगिताहरु गर्न आवश्यकता अनुसार बजेट ब्यबस्था गर्दै आयको छ।

समग्रतामा भन्दा खेलकुद अब नरैपुरको परिचय र बिस्वास भै सकेको देखिन्छ। तथापी सबै खेल सम्वद्दको सकारात्मक सुझाव स्थानीय प्रदेश र संघघिय जनप्रतिनिधिको महत्वको बिषय बन्न सके अवस्यपनी सफलता हात पर्ने छ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *