
एसियाली खेलकुदअन्तगर्त महिला कबड्डीमा नेपालमाथि इरानले जित हात पारेको छ।
आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल इरानसँग ४३-१९ अंकले पराजित भएको हो।

अब यो समूहको अन्तिम खेलमा इरान र बंगलादेशबीच भोलि खेल हुनेछ।
भोलिको खेलमा बंगलादेश पराजित भए नेपाल सेमिफाइनल पुग्नेछ।
