पियम कपको लागि एपिएफको टिम घोषणा

मुख्य खबर

नेपालगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि एपीएफ क्लबले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ ।

त्रिभुवन आर्मी क्लबबाट आएका रोहितले कप्तानको जिम्मेवारी पाएका हुन् ।

रोहित नेतृत्वको एपीएफमा मो.आसिफ शेख, प्रदीप ऐरी, सुकित महर्जन,  भुवन कार्की, अमरसिंह रौटेला, लोकेश बम, प्रज्वल शाही, पुरण बिके, अविनाश बोहोरा, इर्शाद अहमद, रमेश कुर्मी, मौसम ढकाल, सन्दीप जोरा रहेका छन् ।

एपीएफको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने राजेश श्रेष्ठ म्यानेजर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *