
एसियन गेम्सको महिला भलिबलका नेपालले दोस्रो खेलमा समेत सोझो सेटको हार ब्यहोरेको छ ।
सोमबार दक्षिण कोरियासँग भएको खेलमा नेपालले ३–० को सोझो सेटको हार ब्यहोरेको हो ।

नेपाल दक्षिण कोरिसँग २१–२५, १४–२५ र ११–२५ को सेटमा पराजित भयो ।
पहिलो खेलमा प्रतिस्पर्धात्मक चुनौती पेश गरेको नेपालले बाँकी दुई सेटमा खासै जम्न सकेन ।
नेपाल पहिलो खेलमा भियतनामसँग २५–४, २५–१६ र २५–१३ को सेटमा पराजित बनेको थियो ।
समूह चरणको अन्तिम खेलमा कोरियासँग पराजित हुँदै नेपालको महिला भलिबल टिम प्रतियोगिताबाट बाहिरीएको छ ।
एसियाडमा महिला भलिबल टिम पहिलो पटक सहभागी भएको हो ।
आज बिहान भयको कबड्डिमा भने नेपाली महिला टिमले बङ्गलादेशलाइ ३७-२४ अन्तरमा पराजित गरेको छ। महिला कबड्डि पहिलो पटक खेलिरहेको छ एसियाली खेलमा ।
