भारतिय टिमको घोषणा

मुख्य खबर

एसिया कपका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ । टिमका प्रमुख छनोटकर्ता अजित अगरकरले सोमबार रोहित शर्माको कप्तानीमा भारतिय टिम घोषणा गरेका हुन् ।

खेलका लागि जसप्रित बुमराह र केएल राहुल पनि फर्किएका छन् । यस्तै आईपीएलमा चोटका कारण लामो समय आराम गरेका राहुल पनि हाल खेलका लागि तयार भएका हुन् । साथै श्रेयस अय्यर पनि चोटका कारण लामो समय टिमबाहिर थिए ।

टिममा जम्मा १७ जना खेलाडी छानिएको प्रमुख छनोटकर्ता अगरकरले बताएका छन् । जसअनुसार शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र सन्जु सेमसन भारतीय टोलीमा छन् । एसिया कपका लागि भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् । हार्दिक पाण्डेय भने उपकप्तान छन् ।

अगस्ट ३० मा सुरु हुने एसिया कप अन्तर्गत भारतको पहिलो म्याच पाकिस्तानसँग हुनेछ । सेप्टेम्बर २ मा हुने भारत-पाकिस्तानको खेललाई सबैभन्दा महत्त्व दिइयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *