
स्थानिय तह संचित काेष व्यवस्थापन प्रणाली (SuTRA) काे राजश्व माेडुल बाट खजुरा गाउँपालिकाले राजश्व संङ्कलन गर्न आजबाट सुरु गरेकाे छ। स्थानिय तह संचित काेष व्यवस्थापन प्रणाली (SuTRA) लागु गर्ने बाँके कै पहिलाे पालिका रहेकाे खजुरा गाउँपालिकाका राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिनुभयो । महालेखा नियन्त्रक कार्यालय, कोष प्रशासन शाखाले स्थानीय तहको बजेट तर्जुमा, लेखांकन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) लागू गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६।१।१७ को निर्णय कार्यान्वयका आएको थियोे । उक्त प्रणाली लागू गर्दा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७६(५) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिमको विवरण पठाउन सहज हुने देखिन्छ । यसैगरी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० मा मन्त्रालयले स्थानीयतहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता कायम गर्न तथा पारदर्शिता र जवाफदेहिता प्रबर्द्धन गर्न त्यस्तो क्षेत्रमा गर्नुपर्ने सूचना प्रविधिको ढाँचा तोक्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) लागू खजुरा गाउँपालिकाले गरेकाे छ। अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले स्थानीय सञ्चित स्थानीय सरकारको बजेटलाई एउटै प्रणालीमा निर्माण गर्ने, लेखा राख्ने तथा प्रतिवेदन निर्माण गर्दै पारदर्शीता कायम गर्नका लागि मन्त्रालयले सुत्र अनुसार बजेट निर्माण गर्ने छ। स्थानीय तहले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले उपलब्ध गराएको ‘युजर नेम’ र ‘पासवर्ड’ प्रयोग गरेर आफ्नो बजेट सूत्रअनुसार अनलाइनमा इन्ट्री गर्नुपर्ने हुन्छ। सूत्रअनुसार बजेट तयार पारेर अनुमोदन गर्नु पर्ने भए पनि कतिपय स्थानीय तहको बजेट शीर्षकअनुसार बाँडफाँट गर्न बाँकी देखिएको कोष तथा लेखा नियन्त्रकको कार्यालयकाे सूत्र कार्यान्वयनले स्थानीय तहमा एकमुष्ट रकम विनियोजन गरेर तजबिजीमा खर्च गर्ने प्रवृृत्ति नियन्त्रण हुने अपेक्षा गरिएको राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिनुभयो ।
