

नेपालगन्ज : नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले सिजनको पहिलो खेल विजयीबाट सुरुआत गरेको छ ।


अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि अर्को गोल आदि गोल्डेनले गरिन।


सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् ।

रानानाले लिग यात्रा भने अगस्टको अन्तिमबाट सुरु गर्नेछ । लिगमा ८ टोलीबीच झन्डै ७ महिनासम्म लिग चल्नेछ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।
