क्रीकेट टिमलाइ प्रधानमन्त्रीको शुभकामना

मुख्य खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।

भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।

नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।– khelpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *