
नेपालगन्ज : चीनको हाङचाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कबड्डी महिला टिम भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको छ । यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ । प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ ।
शुक्रबार आयोजित विशेष कार्यक्रमबीच टिमलाई बिदाइ गरियको छ । हाङचाउ एसियाली खेलकुदमा नेपालले कबड्डीको महिला विधामा प्रतिस्पर्धा गर्नेछ । बिदाइ समारोहमा अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास लियको बतायका छन ओलम्पिक कमिटिका अध्यक्ष जिबनराम श्रेष्ठले ।

नेपाली टिममा सहभागी खेलाडीमा कप्तान मेनुकाकुमारी राजवंशी, मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त छन् । यस्तै टिमको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन् ।
