स्पेन र जापान क्वाटर फाइनलमा

मुख्य खबर

नेपालगन्ज : स्पेनले पहिलो पटक शनिबार वुमेन्स वर्ल्डकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । उसले अन्तिम १६ को खेलमा स्विटजरल्यान्डलाई सजिलै ५–१ ले पराजित गर्‍यो ।

अब स्पेनले अन्तिम आठमा प्रवेशका लागि नेदरल्यान्ड्स अथवा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

स्पेनका लागि एटाना बोनमाटीले दुई गोल गरिन् भने अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले एक एक गोल थपे । स्विटजरल्यान्डका लागि लाइआ कोडिनाले एक गोल फर्काइन ।

उता आजै भयको अर्को खेलमा जापान बिजयी भयको छ।एसियाली पावरहाउस जापानले नर्बेलाइ ३-१ गोल अन्तरमा पराजित गरेको छ।

जापानको जितमा रिसा सिमिजु र हिनाता मियाजावाले गोल गर्दा एक गोल उपहार पाएको थियो । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन् ।

अब जापानले क्वाटरफाइनलमा स्वीडेन र अमेरिकाबीचको विजेतासँग ११ अगस्टमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *