जन्मदिनमा उत्कृष्ट बलिङ्ग टिमको जित र म्यान अफ द म्याच सन्दिप

मुख्य खबर

नेपालगन्ज : सन्दीप लामिछाने ग्लोबल टी-ट्वान्टी क्यानडामा सर्रे जागुअर्सबाट मिसिसागा प्यानथर्सविरुद्धको खेलमा सानदार बलिङ गरेका छन् । 

प्यानथर्ससँगको खेलमा सन्दीपले ३ विकेट आफ्नो नाममा गरेका छन् । प्यानथर्सले सरेलाई जितको लागि ५७ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्स १४.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो । सर्रेलाई तीव्र गतिका बलर आमर खालिद र म्याथ्यु फर्डले उत्कृष्ट सुरुवात दिलाएका थिए । आमरले ओपनर मिहिर पटेललाई शून्यमा कट एण्ड बोल्ड आउट गरे ।

फोर्डले श्रेयस मोभालाई १७ रनमा बोल्ड आउट गरे । श्रेयस १७ र निखिल दत्तले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जितको लागि ५७ रनको झिनो विजयी लक्ष्य पछ्याएको सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।

नेपाली स्टार सन्दिपले हिजो आफ्नो २३ औं जन्मदिनको अवसरमा आफ्नो घातक बलिङ्गले टिमलाइ जिताय भने आफू म्यान अफ द म्याच भय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *