सन्दिप र दिपेन्द्रको टिम फाइनल खेल्ने

मुख्य खबर

नेपालगन्ज : ग्लोबल टि–२० क्यानडाको दोस्रो क्वालिफायरमा मोन्टरियल टाइगर्सले भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै फाइनलमा स्थान बनाएको छ।

गएराति भएको खेलमा जितका लागि पाएको १३८ रनको लक्ष्य टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो।

शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। ३४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका उनी ४८ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए। उनले २८ बलमा २ चौका प्रहार गरेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *