नेपाल भलिबल सघ त्रिपुरेश्वर काठमाडौ द्वारा मिति २०८०/०३/२३देखि ३० गते सम्म आयोजना भएको सातौं प्रधानमन्त्री कप नेपाल भलिबल सघ महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत खेल न.८,त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भलिबल सघ बिचको खेललाई आधार मानी राष्ट्रिय भलिबल रेफ्रीहरु चित्र गुरुङ र अनिल रानालाई सन्चार माध्यमबाट विवादित खेलको रेफ्री घोषित गरि उहाँहरुलाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भुमिका निर्वाह गर्न नदिने गरि कार्वाही गरियको प्रती अन्तर्राष्ट्रिय भलिबल रेफ्री बिकास गुरुङ्गले असहमति जनायका छन।
उनले आफ्नो सामाजिक संजाल मार्फत उक्त कुरालाइ बाहिर ल्यायका छन। गुरुङ्ग लेख्छन “अन्तर्राष्ट्रिय भलिबल महासघ(FIVB)को आधिकारिक नियमपुर्वक सहभागीहरुको व्यबहार शिर्षकको (२०.१.२) मा उल्लेखित सहभागीहरुले निर्णायकहरुको निर्णयलाई वादविबाद बिना खेलाडीपनको आचरण अनुरुप स्विकार्नु पर्दछ,कुनै द्विविदा भएमा गेम क्याप्टेन मार्फत मात्र स्पष्टताको लागि आग्रह गर्न सकिन्छ।नियम न.२०.१.३ सहभागीहरुले निर्णायकहरुको निर्णयलाई प्रभावित पार्ने वा आफ्नो टिमको गल्तीलाई ढाकछोप गर्ने कार्य वा प्रयास गर्नु हुदैनको बुदा र FIVBको नियम अनुसार खेल खेलाईरहदा रेफ्री जस्तो सम्मानित र मर्यादित पेशालाई गैर जिम्मेवारि पुर्ण तबरले कारबाही गरिएकोमा आपत्ति जनाउदछु।”

गुरुङ्ग प्रस्न गर्छन नेपाल भलिबल सघको कुन कार्यविधि अनुसार कारबाही गरिएको हो?अन्तरास्ट्रिय भलिबल महासघ(FIVB)को कुन नियम अनुसार कारबाही गरिएको हो?भनी स्पष्टीकरण माग्न चाहान्छु।

उनी चेतावनी सहित अगाडि लेख्छन “यी र यस्ता गैर जिम्मेवारीपुर्ण तबरको निर्णयले सम्बन्धित रेफ्रीहरु र सबै स्तरका रेफ्रीहरुमा मानसिक चोट,अन्योल,आघात र मानहानी भएको महसुस गरेको छु। यो कारबाहीको निर्णयले रेफ्रीहरु चित्र गुरुङ र अनिल रानामा कुनै मानसिक,सामाजिक एबम शारीरिक रुपमा भबितब्य घटना भएमा नेपाल भलिबल सघ,छानबिन समिती जिम्मेवार रहन अनुरोध छ।”
अन्त्यमा उनी लेख्छन “खेलाडी,प्रशिक्षक,रेफ्री,अफिसियल,दर्शक,आयोजक एक अर्कामा परिपुरक हुन कुनै एक बिना अधुरो हुन्छ।नेपालको राष्ट्रिय खेल भलिबललाई समुचित दिशामा लैजानको लागि गम्भीरता पुर्बक तबरले मनन गरेर,कारवाहीको निर्णयलाई अविलम्ब पुनरावलोकन गरि रेफ्रीहरु माथी लागेको कारबाहीको निर्णयलाई तत्काल खारेज गरि साथै सबै तहका जिल्ला,प्रादेशिक,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरुको मनो भावना अनुरुप निर्णय गरि रेफ्रीहरुमा रहेको डर,अन्योलपनलाई सकारात्मक तबरले सम्बोधन गरिदिनुहुन अनुरोध छ ।”