खजुरा गाउपालिकाले पारित गर्यो बजेट

मुख्य खबर

बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको पुर्ण बजेट पारित गरिएको छ ।

असार १० गते निति तथा कार्यक्रमका आधारमा पालिकाले ८३ करोड रुपैयाँ बढीको बजेट ल्याएको थियो । खजुरा गाउँपालिकाकी उप प्रमुख मञ्जु मल्ले पालिकाको १३औं गाउँसभामा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरी कूल ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको बजेट आगामी वर्षका लागि प्रस्तुत गरेकी थिइन ।

प्रस्तुत गरिएको बजेटको शिर्षकहरु सहित आइतबार आयोजित १३ औं गाउँ सभामा उपस्थित बहुमतले पारित गरेको थियो । खजुराले कार्यालय संचालन एंव प्रशासनिक खर्च तर्फ ८ करोड ८० लाख ४३ हजार, कार्यालय संचालनका लागि पुजिगत खर्च तर्फ ७० लाख, ठेक्का सम्झौता भई विगत आर्थिक वर्षको योजना अ.ल्या तर्फ १३ करोड, विपद व्यवस्थापनका लागि ५० लाख, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपुरक र लागत सहभागिता शिर्षकका लागि ३ करोड ३२ लाख २० हजार, जनता संग अध्यक्ष कार्यक्रमका लागी २ करोड, यि शिर्षक बाहेक बचत भउको २१ करोड ३३ लाख १५ हजार ६५८ को ७० प्रतिशत विषयगत क्षेत्रहरु र ३० प्रतिशत रकम वडा पालिका तर्फ विनियोजन गर्दा ४ करोड ९९ लाख ६० हजार ६ सय ९८ लाई भुगोल र जनसंख्या र राजस्वको आधारमा कार्य संचालन हुने गरि बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले बताइन ।

जसमा पालिका तर्फ विनियोजन भएको ७० प्रतिशतले हुने १६ करोड ३३ लाख ५४ हजार ९६० बजेटलाई विभिन्न शिर्षकहरु दिई कार्यक्रमहरु निर्माण गरिएका छन । खजुराले यसैपालि ग्रेडर खरिदका लागि १ करोड ४० लाख, रोलर खरिद भनेर ४५ लाख बजेट विनियोजन गरेको छ ।

बसपार्कको लागी आवश्यक पर्ने जग्गा खरिद तथा निर्माणको लागी १ करोड बजेट छुट्याएको छ।

जनतासंग अध्यक्ष कार्यक्रम, रोलर, ग्रेडर खरिद, लक्षितवर्गका लागि छुट्याइएको बजेटका विषयमा केहि असन्तुष्टि समेत सभामा सदस्यहरुले पोखेका थिए ।

दिनको दुई बजे गाउँसभा आयोजना गरिएकोमा बजेट बाडफाडमा उपाध्यक्ष र अध्यक्ष विच कुरा नमिल्दा साझ ५ बजेमात्र बैठक संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *