नेपालले जित्यो महिला फुटबल

मुख्य खबर

नेपाली महिला राष्ट्रिय फुटबल टिमले आइतबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको शृंखला टाइब्रेकरमा जितेको छ ।

ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा रंगशालामा भएको टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी, हिराकुमारी भुजेल, दीपा शाही र अनिता केसीले गोल गरे । अन्जना राना मगर भने गोल गर्न चुकिन् ।

अन्जनाले सेउली अजिम र मारिया मान्डाको प्रहार बचाएकी थिइन् । बंगलादेशका लागि सामसुनाहर र मोनिका चक्माले भने गोल गरे ।

चीनको हाङचाउमा हुने एसियाली खेलकुदको तयारीका क्रममा दुवै टिमले यो दुई खेलको मैत्रीपूर्ण शृंखला खेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *