
अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशन सुरु भयको छ।
काठमाडौ स्थित काठमाडौ ब्यान्क्वेटको हलमा रास्ट्रीय खेलकुद परिषदका सदस्य सचिब टन्कलाल घिसिङ्गले औपचारिक उदघाटन गरेका छन।
खेलकुदलाइ समाज भावना र अन्तर्राष्ट्रिय सम्बन्ध सङ्ग जोडनुपर्ने कुरामा जोड दिदै सदस्य सचिब घिसिङ्गले कबड्डि खेल नेपालिको भावना र माटो प्रदायक खेल हो । आफ्ना भनाइ राख्नेक्रममा सदस्यसचिब घिसिङ्गले ” संघको अधिबेशन निर्बाचित गर्ने पद लिने र दिने होइन बिचार योजना समीक्षा गर्ने खुला मैदान हो र बिशिस्ट किसिमको योजना सहित राखेप आउनुस म सहयोग गर्न तयार छु।” घिसिङ्गले भने फुटबल भलिबल क्रीकेटलाइ सहयोग गरिरहेको छ राखेप भने कबड्डिलाइ पनि सहयोग गर्छ तेस्को लागि योजना सहित आउन अनुरोध गरे।
अखिल नेपाल कबड्डि संघका अध्यक्ष तुल्सी थापा को अध्यक्षतामा भयको उदघाटन समारोहमा संघ उपाध्यक्ष सङ्गिता हमालले स्वागत मन्तब्य राख्नु भयको थियो।
देशभरिका ४४ जिल्ला बाट ८८ प्रतिनिधी ७ प्रदेशका १४ गरि १०२ प्रतिनिधिको उपस्थिती रहेको छ।आजै निर्बाचन हुने र सम्पुर्ण सदस्य पदाधिकारीको टुङ्गो लाग्ने छ।

