

नेपालगन्ज : सामाजिक संजाल फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ले आफ्नो स्थापनाको १४ बर्ष पूरा गरेर १५ बर्षमा पाइला टेक्दै छ ।

नेपालगन्ज ग्यालरीले स्थापनाको अवसरमा मंगलबार नेपालगन्जको मंगल प्रसाद महिला कलेज परिसरमा वृक्षारोपण गर्ने भएको छ ।



स्थापनाको चौधौं बर्ष पूरा भएको अवसरमा नेपालगन्जको मंगल प्रसाद महिला कलेज परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्न लागेको ग्रुपमा एडमिन समीर मान श्रेष्ठले जानकारी दिएका छन् ।

नेपालगन्ज ग्यालरीले स्थापना गरेको चौध वर्ष पूरा गर्दैछ, सोही अवसरमा नेपालगन्ज ८ स्थित मंगल प्रसाद महिला कलेज परिसरमा साँझ ६ बजे चौधवटा फरक फरक प्रजातीका बिरुवा रोप्दै छौं, श्रेष्ठले बताए ।
समाजिक संजाल फेसबुक ग्रुपको रुपमा स्थापना भएर बाँकेमा सामाजिक कार्य गर्दै आएको नेपालगन्ज ग्यालरी मध्य तथा सुदुर पश्चिमको चर्चित ग्रुप हो ।
