खजुराले जन्मायका खेलकुदका ताराहरु

खेलकुद मुख्य खबर

बाकेको नेपालगन्जबाट १०-११ किलोमीटर पश्चिम् खजुरा गाउपालिकाको यौटा गाउँ बठवामा बीस २०६२ मा जन्मेको यौटा सामान्य केटो इसरार खान कबड्डिको अन्तर्राष्ट्रिय मैदानमा पाइला टेक्न सफल भयको छ।
कबड्डि एक समय नेपालको रास्ट्रीय खेल हो। आज कबड्डि राज्यको आखाबाट पर भय पनि संबंधित खेल संघ र खेलाडी खेल सम्बद्द्को पहल र समर्पणले आफ्नो प्रभाव छोडिरहेकै छ।बाके कबड्डिको यौटा आफ्नै छुट्टै कथा छ।कबड्डि बाकेलाई शान्ती सिंह लोकबहादुर शाह जस्ता जाज्वल्यमान नक्षत्रले चिनायकै हुन र रास्ट्रीय टिममार्फत प्रभाव छोडेकै हुन।सोही सफलताको निरंतरता रहिरहन सकेन तर बीउ मासियको भने थियन। नमासियको बीउ बाट यौटा बोट उम्रीयो-इसरार खान।
खजुराको भित्री गाउबाट आयको केटो १३-१४ बर्षको सानो कलिलो उमेरमा ८ औ रास्ट्रीय खेलकुदको प्रदेश छनौट खेल्न नवलपरासी पुगेर जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो पाइला चाल्यो। बाकेबाट प्रतिनिधित्व गरेर प्रदेश छनौटको क्वाटर फाइनल सम्मको यात्रा तय गर्दा थोरै धेरै समय मैदानमा बितायको इसरार धेरै अनुभव र ज्ञान लियर जिल्ला फर्कियो अनि सुरु गरे नया सोच र ढङ्गबाट कबड्डिको यात्रा प्रशिक्षण अनि मेहनत । जुन मेहनतले उनिलाइ र उनको बिधालय टिम लगातार तीन पटक जिल्ला च्याम्पियन बनायो भने उनी रास्ट्रपति रनिङ्ग शिल्डको रास्ट्रीय प्रतियोगिताको लागि लुम्बिनी प्रदेशबाट छनौट भयर राजधानीको यात्रा गरे जहाँ लुम्बिनी रास्ट्रीय च्याम्पियन भयो। सोही बर्ष बृहत ९औ रास्ट्रीय खेलकुद प्रतियोगिताको प्रदेश छनौटमा बाकेलाइ प्रदेशमा दोस्रो बनाउन उनको महत्त्वपूर्ण योगदान रह्यो।रास्ट्रीय प्रतियोगितामा समेत लुम्बिनी दोस्रो भयो जहाँ इसरार प्रत्यक्ष सहभागी भय।यी र यस्ता प्रतियोगितामा सहभागी हुँदै जादा उनको खेल धेरै निखारियको महसुस गर्दै थिय उनका प्रशिक्षक जनक केसि र लोक बहादुर बिस्ट।
यसै बिच सुरु भयो बिस्वकपको यात्रा। इरानको मरियममा दोस्रो जुनियर बिस्वकप कबड्डि हुने र नेपाली जुनियर टिम पनि जाने भन्ने खबर आयो । जुनियर टिमको छनौट र क्यापको खबरले यौटा छुट्टै तरङ्ग दियो इसरार लाई।बाकेका कबड्डि प्रशिक्षक जनक केसिले इसरार लाई रास्ट्रीय कबड्डि छनौट खेल्न जानू पर्ने भयो तयार हुनु भनेर भने पछि इसरारको दिमाग र मुटुमा नया धडकन सन्चार भयो नया जोश पैदा भयो र तयार भयो काठमाडौको यात्रा। रास्टीय खेलकुद परिषद कबड्डि सहायक प्रशिक्षक लोक बहादुर बिस्ट र कबड्डि संघ केन्द्रीय सदस्य कुमार आले सङ्ग समन्वय गर्दै इसरारका गुरु जनकले इसरारलाइ हिडाय काठमाडौ ।।
काठमान्डौमा लगभग १८-२० खेलाडिका बिच छनौट प्रतिस्पर्धा र यकमहिनाको निरन्तर कठिन प्रशिक्षण पश्चात् आयो इसरार मात्र नभयर समग्र खजुरा र बाके लाई खुसिको खबर ” इसरार खान नेपाली जुनियर रास्ट्रीय कबड्डि टिममा छनौट भयको।”इरानको मरियममा नेपाली टिमबाट पूरा समय मैदान बितायर नेपाली टिमको सेमिफाइनल सम्मको यात्रामा सहभागि यक किशोर नेपालको ऐतिहासिक कास्य बिजेता भय।
स्थानिय जनता माबी बठवाका कक्षा १० मा अध्ययनरत बिद्यार्थी खान अनुशासित लगनशिल र जेहेन्दार बिद्यार्थी रहेको उनका शिक्षक अन्जु कार्की बताउनुहुन्छ।भने टिमका सहकर्मी माझ लजालु र कमबोल्ने अनि कामप्रती अथाह ध्यान दिने गरेको उनका सहकर्मी घनश्याम रोकामगर बताउछन।
आज खजुरागाउपालिकाबाट नेपालको जर्सी लगायर प्रतिनिधित्व गर्नेहरुको सुचिमा उनी पनि अटायका छन।
खजुरागाउपालिकाबाट रास्ट्रीय जर्सी लगाउने खजुराका नक्षत्रहरु:
1) केशमाया श्रीस– athletics
2)मान बहादुर काउचा–athletics
3)बिनु बुढामगर– Cricket
4)सोनिया भट्ट — Judo
5) दिपा गुरुङ्ग –Judo
6) इसरार खान–kabaddi
7)दिपक राज सिंह ठकुरी–football
8)कृष्णा खत्री–football
इसरार खान सङ्गै सम्पुर्ण खजुरागाउपालिकाका ताराहरुलाइ आगामी भबिस्यको शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *