
काठमाडौ : अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापालाई पुन: अध्यक्षमा निर्बाचित गरेको छ।
आज सम्पन्न अखिल नेपाल कबड्डी संघको दोस्रो अधिबेशनले तुल्सा थापाको नेतृत्वमा १७ सदस्यीय समिती निर्वाचित गरेको छ। काठमाडौ ब्याङ्ग्केटमा भयको अधिबेशनबाट उपाध्यक्षमा कुमार आले र रतिया राजबन्सी महासचिवमा अर्बिन्द कुमार झा कोषाध्यक्षमा कृष्ण देव पन्त सचिबमा तर्क राज भट्ट निर्वाचित भयका छन।

तेसैगरी सदस्यहरुमा तेज बहादुर बिस्ट, निराजन श्रेष्ठ ,जनक चौधरी ,जय बहादुर बोहरा,बिन्दु थापा मगर, भगवती अधिकारी ,निर्मला बिसि, शरद दर्शनधारी, राज कुमार क्षेत्री, उमालाल यादब, धिरेन्द्र राजबन्सी निर्वाचित भयका छन ।

निर्बाचित सम्पुर्णलाई निर्बाचन प्रमुख मीन कुमार शर्माले पद तथा गोपनियताको सपथ खुवाउनु भयको थियो।
अनेकस को उद्दघाटन आजै राखेप सदस्य सचिब टन्क लाल घिसिङ्गले गर्नुभयको थियो।
