कर्मचारी समायोजन गर्दै राखेप

खेलकुद मुख्य खबर

जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरु अब प्रदेश खेलकुद मातहात आउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेका कर्मचारीहरुलाई असार १ गतेबाट लागु हुने गरी प्रदेश खेलकुद मातहतमा रहने राखेपले जनाएको हो । राखेपको गत जेठ २१ गते बसेको ११६ औं बोर्ड बैठकले सदस्य सचिवलाई अधिकार प्रत्याजोन गरिए बमोजिम कर्मचारीहरुलाई प्रदेश अन्तर्गत रहने जनाइएको छ ।

जिल्ला खेलकुद विकास समितिमा यस अघि सम्पूर्ण कार्यालय सञ्चालनको खर्च व्यर्होदै आएको राखेपले अब भने प्रदेश खेलकुदको जिम्मामा आएको छ ।

जिल्ला खेलकुद मातहातमा रहेका जग्गा, कभर्डहल, खेलकुद रंगशाला, कार्यालय भवनका बारेमा समेतको सम्पूर्ण जानकारी गराउन राखेपले भनेको छ । 

यस अघि जिल्लास्थत कार्यालयका कर्मचारीहरुको हाजिरी प्रमाणित सोझै क्षेत्रिय खेलकुदमार्फत हुँदै आएकोमा अव जिल्ला खेलकुदको अध्यक्ष बाट हुने र सोको जानकारी राखेपमा समेत गराउनु पर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *