स्पेन भयो महिला फुटबल विश्व च्याम्पियन

मुख्य खबर

नेपालगन्ज : नवौं संस्करणको फिफा महिला विश्वकपको विजेता स्पेन बनेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’मा आइतबार इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।

पहिलेपटक विश्वकपको फाइनलमा पुगेको स्पेनले विश्वकपको उपाधि जितेको हो । उपविजेता इंग्ल्यान्डको यो महिला फुटबलमा अहिलेसम्मै ठूलो सफलता हो । यसअघि उसले फाइलसम्मको यात्रा तय गर्न सकेको थिएन ।

खेलको २९औं मिनेटमा वल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनको यो गोलले नै स्पेनलाई विश्वकप जितायो ।

यससँगै अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वे र स्पेनले एक-एकपटक विश्वकप उपाधि हात परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *