फाइनल पुग्न भुटानसङ्ग खेल्दै नेपाल

खेलकुद मुख्य खबर

नेपालले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले भुटानको सामना गर्ने भएको छ ।

लिग चरणका चार मध्ये तीन जित तथा एक खेलमा हारको नजितासहित शिर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा भुटानको सामना गर्ने भएको हो ।

यसै प्रतियोगिता अन्तर्गत लिग चरणको पहिलो खेलका भएको भेटमा नेपाल भुटानसँग ६१-५५ ले पराजित भएको थियो ।

अब नेपाल र भुटानबिचको सेमिफाइनल भिडन्त आज नेपाली समयानुसार राति ९:१५ बाट शुरु हुनेछ

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *