चेन्ज टिमले गर्यो सरोकारवालासङ्ग अन्तरक्रीया

मुख्य खबर स्वास्थ

नेपालगन्ज: लागूऔषधि प्रयोग विरुद्धको दिवसको पुर्ब सन्ध्यामा लागू औषधि प्रयोग नियन्त्रण सम्बन्धि सरोकारवालासङ्ग छलफल तथा अन्तरक्रीया कार्यक्रम चेन्ज टिमको आयोजनामा सम्पन्न भयको छ।
चेन्ज टिमको आयोजना तथा सेभ द चिल्ड्रेन को सहयोगमा लागू औषधि प्रयोग नियन्त्रण सम्बन्धि सरोकारवालासङ्ग अन्तरक्रिया आयोजना गरियको हो।लागूऔषध सेवनकर्ता र उनिहरु सुध्रीनका लागि गर्न सकिने योजनाका बिसयमा सम्बद्द सरोकारवालाले सुझाव दियका थिय। लागू औषध सेवनकर्ताहरु सुधार हुन चाहेको तर कानुनको कडाइ र समाजमा हेर्ने दृष्टिकोणले डराइरहेको तथा उनिहरुलाई सहि मार्गमा ल्याउन सबैले सहकार्य गर्न आवश्यक रहेको सुझाव दियका थिय।
न्युरो स्पेस्लिस्ट डाक्टर दिप्ती काफ्ले,वडा प्रहरी निरीक्षक इन्द्रजित सुनार,जिप्रका प्रहरि निरीक्षक नरेस बिक, लागुऔषध ब्युरो निरीक्षक प्रकाश केसि, जनस्वास्थ्य प्रमुख अस्मिता पौडेल ,जनस्वास्थ्य अधिकृत राम बहादुर चन्द,विभिन्न पुनर्स्थापना केन्द्र प्रमुखहरु पत्रकार लगायत को उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण सस्थाका अध्यक्ष प्रबिन बिसि र कार्यक्रम कोर्डिनेटर इन्द्रा कुमारी जिसिले गरेका थिय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *