नेपालगन्ज : आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ ।
अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ ।आजको खेल जित्नै पर्ने लक्ष्यमा नेपाल रहने छ।

अहिले सम्म खेलियका ६ अन्तर्राष्ट्रिय म्याचमा नेपाल हाबी देखिन्छ।नेपालले ३ पटक जित्दा अमेरिकाले २ पटक जितेको छ भने एक पटक नतिजा आयको छैन।
सोमपालको चोट नेपाललाइ सम्भाबित समस्या रहने छ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी – साभार : खेलपाटी