नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा न. १३ ले सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य अन्तिम चरणमा पुर्यायको छ।
सामाजिक सुरक्षा भत्ता अनलाइन प्रबिधिबाट गर्ने भयकाले सेवाग्राही कार्यालयसम्मै पुगेर आफ्नो भत्ता नवीकरण गर्न पर्ने हुन्छ र हालसम्म ९० प्रतिशत जतिले नवीकरण गरिसकेको वडा सचिब उपमन्यु त्रिपाठिले बताय ।
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने वडा न. १३ मा जम्मा संख्या ७०४ रहेको र हालसम्म ६२५ ले नवीकरण गरिसकेको वडा पञ्जिकाधिकारी अशोक खरेलले बताय । उनका अनुसार ७९ जना बाकी रहेको र जसमध्य केही मृत्यु भयको र दोहोरो सुबिधा लियको कारणले लगतकट्टा भयको हुनसक्ने भयका कारण थोरै संख्यामात्र बाकी रहेको जानकारी दिय।
नवीकरण प्रक्रिया बाकी रहेकाहरुको लागि सुचना पुर्याउन वडा कार्यालले सूचना प्रकासन, माइकिङ्ग, तथा कर्मचारी र जनप्रतिनिधिबाट सम्पर्क ब्याक्ति मार्फत खबर गरिरहेको वडा अध्यक्ष सुरेश सिंह ठाकुरले बताय। उनी भन्छन-” हामी सकभर सबैले नवीकरण गरून् र आफुले पाउने भत्ताबाट नछुटुन भन्ने चाहन्छौ ।”
नवीकरण गर्ने समय भाद्र अन्तिम सम्म रहेकोले सबैलाइ समयमै आयर नवीकरण गर्न हामी गाउगाउसम्म खबर गरिरहेका छौ । र अन्तिम पटक पुन: सुचना निकाल्ने र अन्तिम माइकिङ्ग गर्ने तयारी गरेका छौ- वडा सचिब त्रिपाठी बताउछ्न। सबैजनालाई जतिसक्यो चाडो कार्यालयसम्म आयर नवीकरण गरिदिनहुन अनुरोध समेत गर्दछु।
“यदि भाद्र अन्तिमसम्म कोहि कसैको नवीकरण हुन छुटेमा सामाजिक सुरक्षा भत्ता प्रणालिबाट स्वत: नाम कटने भयकाले र भत्ता नपाइने भयकाले यस्लाइ सबैले समयमै लाभान्वित समूह समक्ष पुर्याउन जरुरी छ”- कम्प्युटर अपरेटर सन्जिला डिसि बताउछिन। उनी थप्छिन- यसपटकबाट बायोम्याट्रीक्ससमेत गर्नुपर्ने प्राबधानले सेवाग्राही कार्यालयसम्मै आउनु पर्छ।