खजुरामा अव्यवस्थित तार काटन सुरु, पालिका अध्यक्ष आफै सडकमा खटिय

मुख्य खबर

नेपालगन्ज : खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका वडा नम्बर दुईबाट अव्यवस्थित तारलाई काट्न सुरु गरेको छ ।

लत्रीएका तथा अव्यवस्थित तारले दुर्घटना निम्त्याउने भन्दै पालिकाले पटक पटक सुचना जारी गरेको भए पनि अटेरी गरेको भन्दै शनिबारबाट पालिकाले त्यस्ता अव्यवस्थित तार काट्न सुरु गरेको हो ।

खजुरा गाउँपालिकाले पालिकाका विभिन्न स्थानहरूमा ईन्टरनेट सेवा प्रदान गरि रहेका सेवा प्रदायक कम्पनीहरूलाई सार्वजनिक सुचना गरि गर्दै तार ब्यवस्थित गर्न सुचना जारी गरेको थियो ।

खजुरा गाउँपालिका वडा नम्बर दुई रिमझिम चोकमा रहेको अव्यवस्थित तार हटाउन बारम्बार सुचना जारी गर्दा पनि तार ब्यवस्थित नगरेको भन्दै खजुराले अव्यवस्थित तारलाई काटेको र यो अभियान पालिका नै संचालन हुने पालिका अध्यक्ष डम्बर बाहादुर बिक तुफानले बताएका छन् ।

पालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले शनिबार बिहान एक भिडियो पोष्ट गर्दै रिमझिम चोकमा लत्रीएका तथा अव्यवस्थित तार हटाएको जानकारी दिएका थिए ।

अध्यक्ष बिकले खजुरा गाउँ पालिका भित्र पोल हटाउदा र भुइँमा लत्रीएका केबुलका तार पालिकाले ३० दिने , १५ दिने र ७ दिने सूचना निकाल्दा पनि अटेर गरेकाले रिमझिम चोक बजारबाट काट्न शुरु गरिएको छ र आफै नहटाए पालिका भरिका त्यस्ता अव्यवस्थित तार काटिने जानकारी दिएका थिए ।

खजुरा गाउँपालिकाले गाउँपालिका भरिका अव्यवस्थित तथा लत्रीएको अवस्थामा रहेको तारले दुर्घटना गराउने भन्दै आफै हटाउन वा अटेर गरे पालिकाले नियमानुसार हटाउने अभियान सुरु गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *