भारत र वेस्टइन्डिजको निर्णायक भिडन्त आज

मुख्य खबर

भारत र वेष्टइ इण्डिजबीचको पाँच खेलको टी २० श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । उक्त खेल नेपाली समय अनुसार राती ८:१५ देखि शुरु हुनेछ ।

अमेरिकाको फ्लोरिडास्थित सेट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम हुने अन्तिम खेलमा दुवै टोली श्रृंखला आफ्नो पक्षमा पार्ने रणनीति लिएर मैदानमा उत्रिने छन्।

श्रृंखला अन्तर्गत पहिलो र दोश्रो खेल वेष्ट इण्डिज र तेश्रो र चौंथो खेल भारतले जितेको थियो ।

अहिलेसम्म भारत र वेष्ट इण्डिजबीच २९ टी २० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना भएको छ । जस्मा भारतले १९ र वेष्ट इण्डिजले ९ वटा जितेको छ भने एउटा ड्र भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *