एपिएफ महिला फुटबल टिमले महिला च्याम्पियनसिप लिग खेल्ने

मुख्य खबर

नेपालगन्ज : नेपालि महिला फुटबलले ठूलो फड्को मारेको छ । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एसियन फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने शीर्ष श्रेणीको महिला च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ ।

एएफसीले सार्वजनिक गरेको सहभागी २२ टोलीमा एपिएफले खेल्ने पक्का छ । जसमा विश्व विजेता जापानदेखि उत्तर कोरिया, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, भियतनाम, भारत, भुटानसम्मका क्लबहरु रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग च्याम्पियन एपिएफलाई सिफारिस गरेको हो ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट अगष्ट २५ देखि ३१ सम्म हुनेछ । समूहका खेलहरु अक्टोबर ६ देखि १२ सम्म हुनेछ । यस्तै, फाइनल खेल २०२५ मेमा हुने तालिका छ ।

एएफसीले जनाएअनुसार फिफा महिला वरियताअनुसार शीर्ष आठ राष्ट्र सिधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चरणमा तीन समूहमा समान चार क्लबहरु हुनेछन् । यसरी १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ । प्रारम्भिक छनोटको दुई समूहमा चार क्लब तथा थप दुई समुहमा तीन क्लब हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *