एसियाकप खेल्ने पाकिस्तानी टिम घोषणा

मुख्य खबर

पाकिस्तानले एसिया कपका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

बाबर अजामको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो ।

आयोजक पाकिस्तानले नेपालसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । 

विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । 

श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

सुपर फोरमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ । 

पाकिस्तानी टोली

बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, तैयब ताहिर , मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस राउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन शाह अफ्रिदी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *