केयर सिटि अस्पतालको सेवा विस्तार सहित नया भवन उद्दघाटन

मुख्य खबर


नेपालगन्ज :
 नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोस्थित भुजई गाउँमा सञ्चालित केयर सिटी अस्पतालले थप सेवा सुविधा विस्तार गरेको छ । अस्पतालले अब २४ सैं घण्टा विशेषज्ञ चिकित्सक सहितको सेवा दिन सुरु गरेको हो ।

केयर सिटी अस्पतालको विस्तारित सेवाको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ । नगर प्रमुख विष्टले पश्चिम नेपालकै केन्द्र विन्दु नेपालगन्जमा रहेर स्वास्थ्य जस्तो गम्भीर तथा अत्यावश्यक कुरामा चिकित्सकको २४ सैं घण्टा निगरानीमा सेवा प्रदान गरिनु सुखद् पक्ष भएको बताउनुभयो ।

अस्पतालमा आइसियु, एनआइसीयु, भेन्टिलेटर, अप्रेशन कक्ष र अत्याधुनिक प्रयोगशालाको सुविधा थपिएको छ । करिव २० करोडको लागतमा एक विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्यूरो सर्जरी, नाक कान घाँटी, जनरल सर्जरी तथा रेडियो विभाग रहेको छ।

अस्पतालले इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, एक्सरे तथा भिडियो एक्सरे सेवासहित २४ सैं घण्टा चिकित्सकको उपस्थितीमा आफ्नो सेवा विस्तार गरेको छ।

केयर सिटी अस्पतालले प्रत्येक महिना काठमाण्डौंबाट आईभिएफ विशेषज्ञ, इण्डोक्राइनोलोजिष्ट तथा न्यूरो फिजिसिन जस्ता सुपर स्पेसियालिटी डाक्टरहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेको छ । नेपाल र भारतको ख्याति प्राप्त मेडिकल कलेजमा अध्ययनरत नेपालगन्जकै युवा चिकित्सकहरुको टिमबाट सञ्चालन हुँदै आएको केयर सिटी अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २१ जना नर्सिङ स्टाफसहित ७२ जनाको टिम रहेको अस्पतालका प्रबन्ध निर्देशक सन्तोस साह बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *