

नेपालगन्ज : बङ्गलादेशमा जारी चौथो बङ्गबन्धु अन्तर्राष्ट्रिय पुरुष कबड्डि प्रतियोगितामा नेपालले केन्यामाथि बिजयी प्राप्त गर्दै फाइनल प्रबेश गरेकोछ।

आजको सेमिफाइनल खेलमा समेत म्यान अफ द म्याच पाउन सफल कप्तान घन्श्याम रोका मगरको उत्कृष्ट प्रदर्शनमा नेपालले आफ्नो सेमिफाइनल खेलमा इन्डोनेसियालाई ५९-५५ को प्रतिस्पर्धात्मक अन्तरले पराजित गरेको छ । निर्धारित समय ५०-५० बराबर भयको खेलमा सुपररेडमा नेपालले ९ पोइन्ट ल्याउदा केन्याले ५ पोइन्ट मात्र ल्यान सक्यो।


सेमिफाइनल खेलका म्यान अफ दि म्याच नेपाल का कप्तान घन्श्याम रोका मगर ले बाङ्ग्ला टाका 15 हजार सहित ट्रफी प्राप्त गरेका छन।

नेपालले फाइनल खेल सोमबार आयोजक बङलादेशसङ्ग खेल्ने नेपाली रास्ट्रीय टिमका ब्यबस्थापक तर्कराज भट्टले बतायका छन ।

आफ्नो समुहको पहिलो खेल मलेसियालाइ जितेको नेपालले दोस्रो खेल पोल्यान्ड र तेस्रो खेल दक्षिण कोरियालाइ पराजित गरेको नेपालले चौथो खेल इन्डोनेसिया लाई पराजित गरेको थियो भने अन्तिम लिग खेल बङ्गलादेशसङ्ग पराजित भयको थियो ।
“नेपाली टिम स्वर्णको लक्ष्य सहित आयको र अन्तिम लक्ष्य पनि स्वर्ण जित्नु रहेको” टिम कप्तान घनश्याम रोका मगर बताउछन। उनी थप्छन लिगको हारको बदला फाइनलमा लिने बताउछन् ।
नेपाल सहित १२ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह `ए´ मा रहेको थियो ।
