नेपालको चौथो जित; घनश्याम फेरि पनि म्यान अफ द म्याच

मुख्य खबर

नेपालगन्ज : बङ्गलादेशमा जारी चौथो बङ्गबन्धु अन्तर्राष्ट्रिय पुरुष कबड्डि प्रतियोगितामा नेपालले चौथो बिजयी प्राप्त गरेको छ।

आजको खेलमा समेत म्यान अफ द म्याच पाउन सफल कप्तान घन्श्याम रोका मगरको उत्कृष्ट प्रदर्शनमा नेपालले आफ्नो चौथो  खेलमा इन्डोनेसियालाई ६५-३५ को विशाल अन्तरले पराजित गरेको छ । खेल को म्यान अफ दि म्याच नेपाल का कप्तान घन्श्याम रोका मगर ले बाङ्ग्ला टाका 15 हजार सहित ट्रफी प्राप्त गरेका छन।

आफ्नो लिग चरणको अन्तिम खेल शुक्रवार आयोजक बङलादेशसङ्ग नेपाली समय अनुसार साझ ६:१५ बजे खेल्ने नेपाली रास्ट्रीय टिमका ब्यबस्थापक तर्कराज भट्टले बतायका छन ।

आफ्नो समुहको पहिलो खेल मलेसियालाइ जितेको नेपालले दोस्रो खेल पोल्यान्ड र तेस्रो खेल दक्षिण कोरियालाइ पराजित गरेको थियो ।

 “नेपाली टिम स्वर्णको लक्ष्य सहित आयको र अन्तिम लक्ष्य पनि स्वर्ण  जित्नु रहेको” टिम कप्तान घनश्याम रोका मगर बताउछन।

नेपाल सहित १२ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह `ए´ मा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *