भारत बेचिन लागेकी युवतीको शसस्त्र प्रहरीबाट उद्दार

मुख्य खबर

नेपालगन्ज : बाँकेमा सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रण मात्रै नभई मानवबेचबिखन जस्ता गतिबिधि रोक्न प्रभावकारी काम गरिरहेको छ । मानवबेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले प्रभावकारी कदम चलाइरहेका हुन ।

बिहीवार मात्रै एउटा समूहले ललाईफकाई गरी भारत लैजान लागेको अवस्थामा बाग्लुङ्गकी १८ वर्षिय युवती दिलमाया (नाम परिवर्तन)लाई उद्धार गरेको छ । उनलाई उद्धार गर्नुका साथै भारत लैजाने व्यक्तिहरुलाई डुडुवागाउँपालिका-१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकास ढकालको नेतृत्वमा गएको मोवाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री,भारत श्रावस्ती बस्ने चन्द्रा ओली । सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरुले मोटरसाईकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा उद्धार गरिएको हो । पक्राउ परेकी युवतीलाई सेल्टरमा राख्नुका साथै उनलाई भारत लैजादा पक्राउ परेका माथि थप कारवाही गर्न प्रहरीलाई बुझाईएको छ ।

सशस्त्र प्रहरीले सीमाक्षेत्रको सुरक्षा,चोरीपैठारी र सीमाक्षेत्रमा हुने अवान्छित गतिबिधि रोक्न प्रभावकारी काम कदम चलाइरहेको छ । यो नाका मानवबेचबिखनका लागि दलालहरुले प्रयोग गर्दै आएकाले निकै संवेदनशिल मानिन्छ । त्यसैले मानवबेचबिखन जस्ता अपराधिक गतिबिधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिए । ‘यस्ता गतिबिधि कुनै पनि हालतमा हुन नदिन सशस्त्र प्रहरी चनाखो छ ।’- डाँगीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *