
नेपालगन्ज : केन्द्रिय राजनीतिमा आयको अचानकको बदलावले नेपाली अर्थतन्त्र र राजनैतिक स्थिरता कायम गर्ने बिश्वास नेकपा एमाले प्रदेश कमिटी सदस्य भद्र बहादुर ओलि ( गोपाल) ले लियका छन।
उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेका छन “नेपालमा सत्ता गठबन्धन फेर बदल भएपछि सेयर बजार तातेको छ । नेकपा एमाले, माओबादी केन्द्र, रास्वपालगायतका दलहरु बिचमा भएको गठबन्धनले गरेको यो मिलनले नेपाली लगानी कर्ताका लागि हौसला दिएको प्रमाणका रुपमा मैले लिएको छु ।”

अब, सत्ता गठबन्धनले बिदेशमा रहेका नेपाली युबा र रोजगारीका लागि बिदेश जाने सोचमा रहेका युबाका लागि लक्षित गरेर नीति तथा कार्यक्रम ल्याउने र सोही अनुसार बजेट तर्जुमा गर्न आबश्यक छ ।
ओलि अझै थप्छन अबको राजनैतिक आवश्यकताका बिषयमा “नेपालि जनताले नेकपा एमाले र माओबादी केन्द्रको बिचमा एकता भएर एउटै कम्युनिस्ट पार्टी भएको हेर्ने धोको छ । आगामी दिनमा सोही अनुसार एकता प्रक्रियामा जान आबश्यक छ ।”
