“एन्जिला” को पोस्टर सार्वजनिक

मुख्य खबर

नेपालगन्ज :फिल्म ‘एञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

महाशिवरात्रि र नारी दिवसको अवसर पारेर राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला ‘तुम्बापो’ सुब्बाको जीवनमा आधारित मिलन चाम्सको निर्देशन रहेको ‘एञ्जिला’को पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक एक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ । पोस्टरबाट एञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा फिल्ममा रहेको अनुमान गर्न सकिन्छ । 

एञ्जिलाले फुटबल सुरूवात गरेको इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस फिल्मको छायाङ्कन भएको छ । फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ ।

उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ ।

निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् । फिल्मलाई छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने निर्देशक चाम्सले जानकारी गराएका छन् । – खेलपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *