
नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालले बिरामीका लागि ५० शैया निःशुल्क उपलब्ध गराउने भएको छ । अस्पतालले शुक्रबारबाट उक्त कार्यक्रम कार्यान्वयन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले बताएका छन् ।
अस्पतालमा हाल रहेको १ सय ६० शैया मध्ये लक्षित वर्गका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ५० वटा मेडिकलशैया निःशुल्क रुपमा उपलब्ध गराउन लागिएको उनले सुनाए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा.पवनजंग रायमाझीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पतालले कुल शैयाको १० प्रतिशत बेड निःशुल्क गर्नुपर्ने नीति अनुसार कार्यान्वयन गर्न लागिएको बताए ।
अस्पतालमा प्रायः आर्थिक अवस्था कमजोर भएका र टाढा–टाढाबाट बिरामीहरु आउने गरेका छन् । अस्पतालले इमरजेन्सीका सम्पूर्ण बेड पनि निःशुल्क गरेको जनाएको छ । उक्त अस्पतालले हालसम्म बिरामीसँग साधारण शैयाको शुल्क एक सय रुपैयाँ लिने गरेको छ ।
भेरी अस्पताल बिकास समितिमा बिरेन्द्र बहादुर शाह अध्यक्ष भयर आय पछि गुणस्तरीय र सर्बसुलभ स्वस्थ्य सेवा प्रदानकालागि अहोरात्र खटिरहेको अस्पतालका कर्मचारी बताउछन। अब स्वस्थ सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्याउन के छ त योजना भन्ने प्रश्नमा शाह भन्छन – ” हरेक सेवाग्राहीलाई हाम्रो अस्पताल हो भन्ने अनुभूती दिलाउन सहज पहुँच र सुलभ तथा प्रभावकारी स्वास्थतिको अनुभूत दिलाउने छौ।”

