अहिले सम्मकै खराब नतिजामा तेक्वान्दो

मुख्य खबर

नेपालगन्ज : चीनमा जारी १९औँ  एसियाली खेलकुदमा तेक्वान्दोतर्फ नेपालका ११ जना खेलाडीले सहभागिता जनाएकोमा १० खेलाडी उपाधि होडबाट बाहिरिइसकेका छन् ।  

नेपालका अभिषेक बराल बुधबार पुरुषतर्फको ८० केजी तौलसमूहको अन्तिम ३२ मा अफ्गानिस्तानका प्रतिद्वन्द्वी ओमिद साहाकसँग २-० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११-१  र दोस्रो चरणमा १५-२ ले पछि परेका थिए । पुरुषतर्फ नै ६८ केजीभन्दा मुनिको तौल समूहमा नेपालका वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले नै पराजित भए । पहिलो चरणमा १०-० ले पछि परेका वीरबहादुर दोस्रो चरणमा १२-८ ले पछि परेका थिए ।

यसैगरी महिलातर्फ ६७ केजीभन्दा मुनिको तौल समूहमा नेपालकी इन्दिरा बस्नेत अन्तिम १६ मा इरानकी मेलिका मिरहोसेनी भाकिली २-० ले पराजित भइन् । उनी पहिलो चरणमा १४-१ र दोस्रो चरणमा ९-० ले पराजित भएकी हुन् । अब तेक्वान्दोमा नेपालका एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजी तौल समूहमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *