बार्सिलोनाको १-० को जित

मुख्य खबर

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले एफसी पोर्टोलाई हराएको छ । बुधबार समूह एचको खलमा बार्सिलोनाले पोर्टोमाथि १–० को जित जित निकालेको हो । 

पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लागि फेरान टोरेसले गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई तीन अंक दिलाउन पर्याप्त रह्यो ।

बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगका दुवै खेलमा जित निकालेको छ । रोबर्ट लेवान्डोस्कीको स्थानमा मैदान छिरेका म्यानचेस्टर सिटीका पूर्व खेलाडीले बार्सिलोनाका लागि गोल गरेका हुन् ।

खेलको अन्तिम समयमा गाभी रातो कार्ड खादै मैदान बाहिरीएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।

बार्सिलोनाका युवा स्टार लामिनी यामलले आफ्नो प्रभावलाई कायमै राखेका छन् । उनी १६ वर्ष ८३ दिनको उमेरमा सुरुआती लाइन अपमा रहेर च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । 

समूह एचमा बार्सिलोनाले २ खेलमा ६ अंक सहित शीर्ष स्थानमा छ । पोर्टो ३ अंक सहित दोस्रो स्थानमा छ । अर्को खेलमा शख्तर डोनेस्कले बेल्जियमको रोयल एन्टवर्पमाथि ३–२ को जित निकालेको छ र अंक तालिकामा तीन अंक जोडेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *