
नेपालगन्ज : आइसिसी क्रीकेट विश्वकपको उद्घाटन खेलमा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि शानदार ९ विकेटको जित निकालेको छ।
भारतमा आजदेखी सुरुभयको बिस्वकप क्रीकेटको पहिलो खेलमा साबिक बिजेता इङ्गल्यान्डले साबिकको उपबिजेता न्युजिल्यान्ड सङ्ग ९ विकेटको ठूलो हार बेहोरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ९ विकेटको क्षतिमा २८२ रन बनायको थियो । इङ्गल्यान्डका लागि जोई रुटले ७७ र कप्तान जोस बटलरले ४३ रन बाहेक अरुले क्रीजमा जमेर ठूलो पारी खेल्न सकेनन।इङ्गल्यान्डलाइ २८२ मा समेटन न्युजिल्यान्डका म्याट हेनरिले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले २ -२ विकेट लियका थिय ।
न्युजिल्यान्डलाई सहज जित दिलाउन डेभिड कन्वे र रचिन रबिन्द्रले दोस्रो विकेटका लागि २७२ रनको मजबुत साझेदारी गरेका थिय । डेभिड कन्वे १५२ तथा रबिन्द्र १२३ रनमा अबिजित रहेका थिय। म्यान अफ द म्याच रचिन रबिन्द्र भयका थिय ।
गत सस्करणको फाइनलको हारको बदला न्युजिल्यान्डले यसपटक सान्दार तरिकाले लियको छ ।
