
लिओनल मेसीले डेब्यु खेलमा गोल गरेपछि इन्टर मियामी विजयी भएको छ ।
लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २-१ ले पराजित गरेको हो ।

बराबरीतर्फ उन्मुख खेलमा दोस्रो हाल्फ मैदान प्रबेस गरेका मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै मियामीलाई नाटकिय जित दिलाएका हुन् ।
जित सहित मियामीले समूह चरणमा तीन अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
