नेपाललाइ ३२ रनको लक्ष्य

मुख्य खबर

मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकपअन्तर्गत एशिया छनोटमा नेपालले बहराइनलाई ३१ रनमा अलआउट गरेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।  

सेलेङ्‌गर टर्फ क्लबमा बहराइनका कप्तान दीपिका रसांगिकाले २० बलमा ११ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालका इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिए। यस्तै, कप्तान रुविना क्षेत्री, पूजा महतो र कविता कुँवरका नाममा समान १/१ विकेट रह्यो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *