
नेपालगन्ज : जितको लागि ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुाई पूरा गर्यो । नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन् । सीताराना मगर ३ बलमा २ रनमा अविजित रहिन् ।
यसअघि इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । लेग स्पिनर खुशी डंगोलले १.४ ओभरमा १ मेडनसहित कुनै रन नदिइ २ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् । पुजा महतोले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ६ खेलाडी शून्यमा आउट भएका थिए ।
नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो ।नेपालले अव आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ ।
