
बाँकेको खजुरा गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्यचौकी मध्ये सोनपुर स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ । खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा पालिकामा भएका अन्य स्वास्थ्यचौकीभन्दा उत्कृष्ट काम गरेको भन्दै सोनपुर स्वास्थ्यचौकीलाई सम्मान गरको हो ।
बुधबार खजुरा गाउँपालिकाको स्थानीयस्तरमा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गोष्ठीले प्रथम भएको सोनपुरसहित अन्य दुईवटा स्वास्थ्य संस्थालाई समेत सम्मान गरेको छ । कार्यमूल्यांकनको आधारमा गत वर्ष उढरापुर स्वास्थ्यचौकी दोस्रो र रनियापुर स्वास्थ्यचौकी तेस्रो भयको स्वास्थ शाखा प्रमुख दिपक ढकालले बतायका छन ।

उनीहरुलाई सामाजिक विकास संयोजक कृष्णाकुमारी पोखरेल बिक, स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल वडा नम्बर १ का वडा अध्यक्ष मनविर क्षेत्री, वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओलीक्षेत्री, वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीलगायतले सम्मान गरेका हुन् ।
यसैगरी उक्त कार्यक्रममा उपस्थित सहभागीले पालिकाका स्वास्थ्य कार्यालयमा रहेको खाली दरबन्दीमा पालिकाका कर्मचारीलाई व्यवस्थापन गरिनु पर्ने, औषधिको अभावविरुद्ध समयमै औषधि खरिद गर्नु पर्ने, सेवाग्राहीसँग मिठासपूर्ण व्यवहार गर्नु पर्ने सुझाव दिएको ढकालले बताय ।
