
नेपालगन्ज: फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधिको लागि आज स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे पछि हुनेछ । स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको हो ।

दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस विश्वकपमा स्पेन पछिल्लो तीन खेलमा अपराजित छ ।
पछिल्लोपटक यि दुई टोलीले सन् २०२२ मा युरो कपमा प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले अतिरिक्त समयमा जित निकालेको थियो । स्पेन पछिल्लो तीन खेलमा तथा इंग्ल्यान्ड पछिल्लो सात खेलमा अपराजित छ ।
