
यूएईले न्युजिल्याण्डमाथि ७ विकेटको ऐतिहासिक जीत हासिल गरेको छ । दोस्रो खेलमा जीत हासिल गर्दै यूएईले तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा ल्याएको हो ।
यूएईको जीतमा १७ वर्षीय आयान अफजल खान नायक बने । उनले २० रन खर्चेर ३ विकेट लिएपछि न्युजिल्याण्ड पहिलो पारीमा ८ विकेटको क्षतिमा १४२ रनमा समेटिएको थियो ।

न्युजिल्याण्डका लागि मार्क च्यापम्यानले सर्वाधिक ६३ रनको योगदान दिए ।
जवाफी ब्याटिङमा उत्रेको यूएईका लागि कप्तान मुहम्मद वसिमले ५५ रन बनाए । त्यसपछि वृतया अरविन्दले २५ तथा आसिफ खानले नटआउट रहँदै ४८ रन बनाउँदै टोलीलाई १५.४ ओभरमा लक्ष्यसम्म पुर्याय ।
